Skip to content
Prabhu

सेयर बजार सामान्य घट्दा पनि नेपाल फाइनान्सको सेयर मूल्यमा उच्च गिरावट

nabil

काठमाडौं । आज सेयर बजार परिसूचक सामान्य अंकले घटेर बन्द भयो । आज कारोबार भएका कम्पनीमध्ये ११७ कम्पनीको सेयर मूल्य घटेर बन्द भयो ।

आज सेयर मूल्य घट्ने कम्पनीमध्ये सबै भन्दा धेरै नेपाल फाइनान्सको सेयर मूल्य घटेको छ । यो कम्पनीको सेयर मूल्य अघिल्लो दिनको भन्दा ८.२६ प्रतिशतले घटेको हो । फाइनान्सको सेयर मूल्य प्रतिकित्ता १२८ रुपैयाँ १० पैसाले घटेर १ हजार ४२१ रुपैयाँ ९० पैसा पुगेको छ । त्यस्तै धेरै घट्ने शीक्र्ष पाँचमा परेका अन्य कम्पनीमा कुथेली बुखारी साना जलविद्युत कम्पनी, समाज लघुवित्त, युनाइटेड मोदी हाइड्रोपावर र सुपर मादी हाइड्रोपावर रहेका छन् । आज कुथेली बुखारी साना जलविद्युतको सेयर मूल्य २४३ रुपैयाँले घटेर २ हजार ७१० रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ८.२३ प्रतिशत कम हो ।

त्यस्तै आजको कारोबार बन्द हुँदा समाज लघुवित्तको सेयर मूल्य पनि २५२ रुपैयाँले घटेर ३ हजार ८०५ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ६.२१ प्रतिशतले कम हो । आज युनाइटेड मोदी हाइड्रोको सेयर मूल्य पनि ४.०३ प्रतिशत अर्थात् १५ रुपैयाँले घटेर ३५७ रुपैयाँ पुगेको छ । सुपर मादी हाइड्रोको सेयर मूल्य पनि आज ३.५७ प्रतिशतले घटेर ६७५ रुपैयाँ पुगेको छ । यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता २५ रुपैयाँले घटेको हो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal