Skip to content
Prabhu

नेप्से घट्दा पनि दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

nabil

काठमाडौं । बुधबार सेयर बजार परिसूचक करिब २ अंकले घटेर बन्द भयो । यो तिहार पछिको लगातार दोस्रो कारोबार दिन पनि बजार राताम्य बनेर बन्द भयो । समग्रमा सेयर बजार घटे पनि २ कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ ।

आज सेयर बजारमा नारायणी डेभलपमेन्ट बैंक र बलेफी हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । आज नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशत अर्थात् ६७ रुपैयाँ ४० पैसाले बढेर ७४१ रुपैयाँ ७० पैसा पुगेको छ । त्यस्तै बलेफी हाइड्रोको सेयर मूल्य पनि अघिल्लो दिनको भन्दा ९.९८ प्रतिशतले बढेको छ । प्रतिकित्ता ३० रुपैयाँ ६० पैसाले बढेर यो कम्पनीको सेयर मूल्य ३३७ रुपैयाँ २० पैसा पुगेको छ ।

त्यस्तै आज धेरै बढ्ने शीर्ष पाँच कम्पनी भित्र परेका अन्य कम्पनीहरुमा पिपुल्स हाइड्रोपावर, समृद्धि फाइनान्स र राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेड रहेका छन् । आजको कारोबार बन्द हुँदा पिपुल्स हाइड्रोको सेयर मूल्य ५० रुपैयाँ ८० पैसाले बढेर ६०८ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.१२ प्रतिशतले बढी हो ।

त्यस्तै समृद्धि फाइनान्सको सेयर मूल्य पनि ८.७९ प्रतिशत अर्थात् ६८ रुपैयाँ ६० पैसाले बढेर ८४८ रुपैयाँ ९० पैसा पुगेको छ । आजको कारोबार बन्द हुँदा पाप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको सेयर मूल्य ३२ रुपैयाँले बढेर ४४२ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ७.८० प्रतिशतले बढी हो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal