Skip to content
Prabhu

नेप्सेमा सूचीकृत हाइड्रोपावरमध्ये १२ को लाभांश घोषणा, कुनको कति ?

nabil

काठमाडौं । नेप्सेमा सूचीकृत भएका हाइड्रोपावरमध्ये १२ वटा हाइड्रोपावरले आफ्ना सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेका छन् । अघिल्लो लाभांश घोषणा र वितरणको सिजन हो । विभिन्न कम्पनीहरुले आफ्ना सेयरधनीहरुलाई दिने लाभांशकोदर घोषणा गरेका हुन् ।

लाभांश घोषणा गर्ने कम्पनीमध्ये हालसम्म १२ वटा हाइड्रोपावर कम्पनी छन् । नेप्सेमा सूचीकृत भएका ९१ वटा हाइड्रोपावरमध्ये १२ वटालो लाभांघ घोषणा गरेका हुन् । लाभांश घोषणा गरेकामध्ये पनि केहीले साधारणसभाबाट पारित समेत गरिसकेका छन् ।

गत आर्थिक वर्ष २०८०÷८१ मुनाफाबाट हालसम्म रु रु जलविद्युत, भगवती हाइड्रोपावर, सुपरमाई हाइड्रोपावर, माण्डु हाइड्रोपावर, सीईडडिबी हाइड्रोपावर, बिन्ध्याबासिनी हाइड्रोपावर, अपि पावर, सुपरमादी हाइड्रोपावर, साहज उर्जा लिमिटेड, मन्दाकिनी हाइड्रोपावर, सगरमाथा जलविद्युत र अरुण भ्यालीले लाभांश घोषणा गरेका हुन् ।

रु रु जलविद्युतले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट १५ प्रतिशत बोनश र कर प्रयोजनको लागि ०.७८ प्रतिशतसहित १५.७८ प्रतिशत लाभांश घोषणा गरेको छ । त्यस्तै, भगवती हाइड्रोपावरले १०.७३६८ प्रतिशतले हुन आउने ६ करोड १४ लाख २१ हजार ६८४.२१ रुपैयाँ नगद लाभांश (नगद लाभांश र बोनस सेयरमा लाग्ने कर समेत) र चुक्ता पुँजीको ४ प्रतिशतले बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ ।

लाभांश घोषणा गरेको सुपरमाई हाइड्रोपावरले आफ्ना सेयरधनीका लागि १२.६३ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीले ७ प्रतिशत बोनस सेयर र ५.६३ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो । त्यस्तै, माण्डु हाइड्रोपावरले हाल कायम रहेको चुक्ता पुँजीको १२ प्रतिशत नगद लाभांश, सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले ११ प्रतिशत बोेनश सेयर र विन्ध्यावासिनी हाइड्रोपावरले ८ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ ।

त्यस्तै अपि पावर कम्पनीले ९.४७३७ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमा ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.४७३७ प्रतिशत नगद लाभांश रहेको छ । अपि पावरको लाभांश साधारणसभाबाट पारित समेत भइसकेको छ । त्यस्तै सुपरमादी हाइड्रोपावरले ५ प्रतिशत बोनस र ०.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

साहज ऊर्जा लिमिटेडले ८ प्रतिशत बोनस र ०.४२ नगदसहित ८.४२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । साथै, मन्दाकिनी हाइड्रोपावरले ५ प्रतिशत बोनस र ०.२६ प्रतिशत नगदसहित ५.२६ प्रतिशत लाभांश घोषणा गरेको छ । त्यस्तै, सगरमाथा जलविद्युतले बोनस र नगदसहित ५ प्रतिशत र अरुण भ्यालीले ३.०१५७ प्रतिशत लाभांश घोषणा गरेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal