Skip to content
Prabhu

रिलायन्स स्पिनिङ्ग विरुद्धको रिट खारेज, प्रिमियममा आईपीओ निष्काशन गर्नेबाट खुल्यो

nabil

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सलालाई बुक बिल्डिङ विधिबाट साधारण सेयर निष्काशन गर्न बाटो खुलेको छ । महंगो मूल्यमा आईपीओ जारी गर्न लागेको भन्दै परेको रिट पाटन उच्च अदालतले खारेज गरेसँगै रिलाइन्सले प्रिमियम मूलयमा बुक बिल्डिङ माध्यमबाट आईपीओ निष्काशन गर्ने बाटो खुल्ला भएको हो ।

हरिबहादुर केसीसहित ४ कानून व्वयसायीले गत असार २५ गते दायर गरेको रिट उच्च अदालतले पाटनले बुधबार खारेज गरिदिएको हो । योसँगै रिलायन्सलाई बुक बिल्डिङ विधिबाट सेयर निष्काशन गर्न बाटो खुलेको छ ।

आईपीओको मूल्य ८२० रुपैयाँ

२०७९/८० को चैत मसान्तको वित्तीय विवरणलाई आधार मानेर २०८० मङ्सिरमा संस्थागत २८ वटा लगानीकर्ताहरुबाट आएको अधिकतम् ७०५ र न्युनतम् ६०८ गरेर औसतमा यसको मूल्य ९१२ रुपैयाँ तय गरिएको थियो । बुक बिल्डिङ कार्यविधिअनुसार संस्थागत लगानीकर्ताबाट तय भएको मूल्यमा १० प्रतिशतले घटाएर बोर्डले सर्वसाधारणको लागि आईपीओको मूल्य तय गरेको हो । सोही मूल्यअनुसार संस्थागत लगानीकर्ताले यस कम्पनीको सेयरमा लगानी गरिसके पनि सर्वसाधारण लगानीकर्ताले भने लगानी गर्न पाएका छैनन् ।

अहिलेको वित्तीय विवरणलाई आधार मानेर त्यो बेलाको मूल्यबारे प्रश्न गरिनु उचित नभएको रिलाइन्सका लगानीकर्ताहरुले दाबी गर्दै आएका थिए । कार्यविधि अनुसार नै संस्थागत लगानीकर्तालाई बिक्री तथा बाँडफाँड भएको हप्ता दिनमा सर्वसाधारणलाई आईपीओ बिक्री तथा वितरण हुनुपर्नेमा महिनौंसम्म रोकिनु र नियामक निरीह भएर बस्नु उचित नहुने उनीहरुको तर्क छ ।

उता यसअघि संसदीय समितिदेखि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)सम्मले सेयर निष्काशन गर्न मार्ग प्रशस्त गरिदिएका थिए । यसअघि प्रिमियम मूल्यमा साधारण सेयर निष्काशनको तयारीमा रहेको रिलायन्स स्पिनिङ मिल्सले सीआईबीबाट पनि ‘क्लिन चिट’ पाएको थियो । वित्तीय विवरणमा कुनै कैफियत नभएको भन्ने नेपाल धितोपत्र बोर्ड (सेबोन)को जवाफमा चित्त बुझाउँदै सीआईबीले रिलायन्सलाई क्लिन चिट दिएको थियो । सीआईबीबाट ‘क्लिन चिट’ पाए पनि उच्च अदालत पाटनमा दायर गरेको रिट विचाराधिन रहेको थियो । तर, बुधबार उक्त रिट खारेज भएको छ ।

२०५४ सालमा स्थापना भएको रिलायन्समा १५ अर्ब लगानी रहेको र ४ हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । यस यद्योगले नेपालको धागोको मागलाई पूर्ति गर्दै भारत, टर्कीलगायत थुप्रै मुलुकमा निर्यात पनि गर्दै आएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal