Skip to content
Prabhu

११३ प्रतिशतले बढ्यो सिंगटी हाइड्रोको नाफा

nabil

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको नाफामा उल्लेख्य सुधार आएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवको भन्दा ११३ प्रतिशतले नाफा बढेको हो ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले ११ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११३.०५ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ५ करोड २८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीको विद्युत बिक्री आम्दानी थोरै घटेपनि खर्च घटेका कारण खुद नाफा उल्लेख्य बढ्न पुगेको हो । समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ०.२८ प्रतिशत घटेर २६ करोड ३५ लाख रुपैयाँमा झरेको छ । त्यस्तै, समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ०.०५ प्रतिशत घटेको छ भने कुल आम्दानी ०.८१ प्रतिशत बढेको छ । अन्य आम्दानी बढेका कारण कम्पनीको कुल आम्दानी बढ्न पुगेको हो ।

नाफा उल्लेख्य बढेपनि कम्पनीको प्रतिसेयर आम्दानी ९५ पैसा मात्र बढेको छ । हकप्रद सेयर निष्काशन गरी चुक्ता पुँजी शतप्रतिशत बढेका कारण कम्पनीको प्रतिसेयर आम्दानीमा दबाब पुगेको हो । असोज मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १०२ रुपैयाँ २१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १६.५४ गुणा रहेको छ ।

२ अर्ब ९० करोड रुपैयाँ चुक्ता पँुजी रहेको यस कम्पनीको जगेडा कोष भने ६ करोड ४० लाख रुपैयाँ रहेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal