काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगीहरुले १५ दिनभित्र विद्युतको बक्यौता नतिरेमा प्राधिकरण एक्सनमा जाने बताएका छन् । आज पत्रकार सम्मेलन गर्दै घिसिङले सरकारले दिएको समयलाई आत्मसाथ गरेर अघि बढेको उनले बताएका हुन् ।
‘१५ दिनभित्र पैसा नतिरेमा प्राधिकरण एक्सनमा जान्छ । सरकारले गरेको निर्णयलाई सिरोधार्य गरेर यो अवस्थामा पुगिएको हो,’ उनले भने । लाइन काट्ने र जोड्ने तर बक्यौता नउठाउने काम गर्न नहुने उनको भनाइ छ । समाधान गर्नका लागि सबै पक्षले काम गर्नुपर्ने उनले बताए ।
प्रतिक्रिया दिनुहोस्