Skip to content
Prabhu

डेडिकेटेड तथा ट्रंक लाइनमा उद्योगीहरूले राजनीति गरेः कुलमान

nabil

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौताको सन्दर्भमा उद्योगीहरुले राजनीति गरेको बताएका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै उनले व्यवसायीहरुले राजनीति गरेको बताएका हुन् ।

उनले अहिले देखिएको समस्या अब सदाका लागि अन्त्य हुनुपर्ने बताए । प्राधिकरण सरकार र नियामक निकायको निर्णय र निर्देशन मान्ने भएकाले अहिले उद्योगहरूमा बिजुली जोड्न थालिएको उनको भनाइ छ । ‘यसअघि पनि ३ लाइन काट्दै जोड्दै भइरहेको छ । अब १५ दिनमा बक्यौता नतिरे प्राधिकरण नियमानुसार अघि बढ्छ’, उनले भने ।

उद्योगहरूले बक्यौता तिर्नेतिर भन्दा पनि झन् विवादित बनाउने र राजनीतिकरण गर्ने काम गरिरहेको घिसिङको जिकिर छ ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal