Skip to content
Prabhu

सेयर बजारमा ८ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट, ४ डेभलपमेन्ट बैंक

nabil

काठमाडौं । बुधबारको सेयर कारोबार बन्द हुँदा समग्रमा सेयर बजार सामान्य अंकले बढेर बन्द भएको छ । कारोबार भएका कम्पनीमध्ये १४३ कम्पनीको सेयर मूल्य बढेको दिन ८ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

८ कम्पनीमा सकारात्मक सर्किट लागेको दिन चारवटा डेभलपमेन्ट बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज सेयर बजारमा कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र कर्णाली डेभलपमेन्ट बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज कर्पोरेट सिन्धु र सप्तकोशीको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि भएको छ भने कर्णालीको सेयर मूल्य पनि ९.९९ प्रतिशले बढेको छ ।

आजको कारोबार बन्द हुँदा कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य १११ रुपैयाँले बढेर १ हजार २२१ रुपैयाँ पुगेको छ । त्यस्तै सिन्धु विकास बैंकको सेयर मूल्य ७८ रुपैयाँ ४० पैसाले बढेर ८६२ रुपैयाँ ४० पैसा पुगेको छ ।

सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य पनि आज ७७ रुपैयाँ २० पैसाले बढेर ८४९ रुपैयाँ ३० पैसा पुगेको छ । कर्णाली डेमलपमेन्ट बैंकको सेयर मूल्य ७१ रुपैयाँ २० पैसाले बढेर ७८४ रुपैयाँ १० पैसा पुगेको छ ।

त्यस्तै आज नेपाल हाइड्रोपावर डेभलपमेन्ट, महिला लघुवित्त, जानकी फाइनान्स र सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको छ । आज नेपाल हाइड्रोपावरको सेयर मूल्य ६५ रुपैयाँल्े बढेर ७१५ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले बढी हो ।

त्यस्तै महिला लघुवित्तको सेयर मूल्य पनि आज २१९ रुपैयाँ १० पैसाले बढेर २ हजार ४१० रुपैयाँ १० पैसा पुगेको छ । त्यस्तै जानकी फाइनान्सको सेयर मूल्य ९७ रुपैयाँ १० पैसाले बढेर १ हजार ७२ रुपैयाँ ३० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.९९ प्रतिशतले बढी हो । त्यस्तै सपोर्ट माक्रोफाइनान्सको सेयर मूल्य २४७ रुपैयाँले बढेर २ हजार ७२४ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.९७ प्रतिशतले धेरै हो ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal