काठमाडौं । बिहीबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेर कारोबार भएको छ । साताको कारोबार हुने अन्तिम दिनको प्रि ओपन सेसनमा नेप्से परिसूचक ० दशमलव १९ अंकले घटेर कारोबार भएको हो ।
आजको प्रि ओपन सेसन पछि नेप्से परिसूचक २७११ दशमलव ५५ विन्दुमा पुगेको छ । आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स भने सामान्य बढेको छ । सेन्सेटिभ इन्डेक्स ० दशमलव १३ अंकले बढेर ४७८ दशमलव ६३ विन्दुमा पुगेको हो ।
आजको प्रि ओपन सेसनमा कारोबार भएका १७ कम्पनीको सेयर मूल्य बढेको छ भने २० कम्पनीको सेयर मूल्य घटेको छ । ३ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । आजको प्रि ओपन सेसनमा ४० कम्पनीका ५ हजार २५९ कित्ता सेयर ८३ पटक खरिद बिक्री हुँदा ४६ लाख ४६ हजार १२१ रुपैयाँको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्