काठमाडौं । बिहीबारको सेयर कारोबार जारी रहँदा थ्री स्टार हाइड्रोपावरको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको छ । आजको कारोबार जारी रहँदा साढे १२ बजेको सेयमा यो कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।
यो कम्पनीको सेयर मूल्य ८८ रुपैयाँ ५० पैसाले बढेर ९७३ रुपैयाँ ५० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले बढी हो । समग्र बजार परिसूचक घटिरहँदा पनि यो हाइड्रो र सामुदायिक लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।
यो समाचार तयारपार्दासम्म सेयर बजार परिसूचक ४ दशमलव ६४ अंकले घटेर २७०७ दशमलव ११ विन्दुमा पुगेको छ । यो अवस्थामा सेयर बजारमा २ अर्व ५८ करोड बढीको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्