काठमाडौं । जानकी फाइनान्सको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । आजको कारोबार जारी रहदा यो कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो ।
आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्य १०७ रुपैयाँ २० पैसाले घटेर ९६५ रुपैयाँ १० पैसा कायम भएको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले कम हो । यो अवस्थामा समग्र सेयर बजार परिसूचक पनि २२ दशमलव ६५ अंकले घटेर २६८९ दशमलव ०९ विन्दुमा पुगेको छ । यो अवस्थामा सेयर बजारमा ५ अर्ब ९१ करोड बढीको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्