Skip to content
Prabhu

सेवोनको अध्यक्षमा कस्ले मार्ला बाजी, सकियो अन्तरर्वार्ता र प्रस्तुतीकरण

nabil

काठमाडौं । लामो समयदेखि निकै पेचिलो बनिरहेको नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको प्रक्रियाको अन्तर्वार्ता र कार्ययोजना प्रस्तुतिकरण सकिएको छ । लामो समयदेखि बोर्डको अध्यक्ष खाली रहेको अवस्थामा आज सर्ट लिस्टमा नाम रहेका २ जनाको अन्तर्वार्ता सकिएसँगै अध्यक्ष नियुक्तिले पूर्णता पाउने आश बढेको हो ।

बोर्डको अध्यक्ष सिफारिस समितिले अब अन्तर्वार्तामा सहभागि भएकामध्ये ३ जनाको नाम सरकारलाई सिफारिस गर्ने छ । तीन जनामध्ये सरकारले एक जानलाई अध्यक्ष नियुक्ति गर्ने छ । सर्ट लिस्टमा परेका बोर्डका कार्यकारी निर्देशक नवराड अधिकारी र नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादर कार्कीले आज आफ्नो कार्ययोजना प्रस्तुत गरेका छन् । अन्तर्वार्ताका लागि बोलाइएको बीमा प्राधिकरणका पूर्व अध्यक्ष चिरञ्जिवी चापागाईँ भने अन्तर्वार्तामा अनुपस्थित रहे ।

यसअघि, सर्टलिस्टमा परेका अन्य दुई उम्मेदवार सन्तोषनारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठले पनि आफ्नो अन्तर्वार्ता र कार्ययोजना यस अघि नै प्रस्तुत गरिसकेका छन् । अन्तर्वार्ता प्रक्रियामा सहभागी चार उम्मेदवारमध्ये समितिले उत्कृष्टताका आधारमा कम्तीमा तीन जनाको नाम मन्त्रिपरिषद् सिफारिस गर्नेछ । मन्त्रिपरिषद्ले तीमध्ये एक जनालाई बोर्डको अध्यक्षका रूपमा नियुक्त गर्नेछ ।

धितोपत्र बोर्डको अध्यक्ष पद २०८० पुस २० देखि रिक्त छ । प्रक्रियामा ढिलाइका कारण नयाँ प्रक्रिया सुरु गर्ने प्रस्ताव भए तापनि कानूनी जटिलताका कारण पुरानै प्रक्रियालाई अघि बढाइएको थियो । अन्तर्वार्ता सम्पन्न भएसँगै, अब मन्त्रिपरिषद्ले निर्णय गरी बोर्डलाई नयाँ नेतृत्व प्रदान गर्नेछ । यो प्रक्रियाले धितोपत्र बजारको व्यवस्थापन र सुधारका लागि लामो समयदेखि देखिएको नेतृत्व रिक्तताको अन्त्य गर्नेछ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal