Skip to content

अनलाइन ठगी अभियोगमा ३ जना पक्राउ

काठमाडौं । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले अनलाइन ठगीमा संलग्न रहेको अभियोगमा तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा जिल्ला झापा बिर्तामोड नगरपालिका–३ घर भई हाल काठमाडौं महानगरपालिका–४ महाराजगञ्ज चप्पलकारखाना बस्ने २१ वर्षीय अजित भण्डारी, गोरखा सिरानचोक गाउँपालिका–५ घर भई हाल काठमाडौं महानगरपालिका–२६ सामाखुसी बस्ने १९ वर्षीय बिपीन मक्राती तथा नुवाकोट म्यागङ गाउँपालिका–२ घर भई हाल काठमाडौँ महानगरपालिका–१६ माछापोखरी बस्ने २१ वर्षीय मधु तामाङ रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

उनले भने, ‘सामाजिक सञ्जाल फेसबुकमा विभिन्न पेजहरू खोली फेसबुकको मार्केटप्लेसमा आइफोन सेट सस्तो मूल्यमा बिक्रीमा रहेको भन्ने झुठ्ठा विज्ञापन पोष्ट गरी निवेदकलाई एड्भान्स वापतको रकम पठाउन लगाइ ठगी गर्ने गरेको उजुरीका आधारमा पक्राउ गरिएको हो ।’ पक्राउ परेकालाई ठगीसम्बन्धी कसुरमा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौँ पठाइएको सूचना अधिकारी आचार्यले बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T