Skip to content

पोखरा एभेन्जर्सलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्सको शानदार जित

nabil
global ime

काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सलाई पराजित गरेको छ ।

खेलमा सुदूरपश्चिमले पोखरालाई ६ विकेटले पराजित गरेको हो ।

पोखराले दिएको १४६ रनको लक्ष्य पछाएको सुदूरपश्चिम रोयल्सले १६.५ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको हो । सुदूरपश्चिमका कप्तान दिपेन्द्र सिंह ऐरीले अविजित ५१ रन बनाएका थिए भने इशान पाण्डेले ३७ रन बनाए । त्यस्तै ब्रान्डन म्याकुलनले २२ रन बनाए भने सैफ जैबले १५ रन बनाए । त्यसैगरी पोखराका बलर शकिब अल हसन, मेहदी र धनन्जय लक्शानले एक एक विकेट लिए ।

टस हारेर पहिला ब्याटिंग गरेको पोखराले २० ओभरमा ७ विकेट गुमाउँदै १४५ रन बनाएको थियो । पोखराका लागि अर्जुन घर्तिले शानदार ब्याटिंग गर्दै २५ बलमा अविजित ४० रन बनाए भने महेदी हसनले ३२, कुशल भुर्तेलले २१, शकिब अल हसनले १४ रन बनाएका थिए । त्यस्तै सुदूरपश्चिमका बलर अनिल खरेलले ३ विकेट लिए भने हेमन्त धामी, स्कट कुगलाइन र दिपेन्द्र सिंह ऐरीले एक एक विकेट लिएका थिए ।

यो सुदूरपश्चिम रोयल्सको दोस्रो खेलमा पहिलो जित हो । पहिलो खेलमा लुम्बिनी लायन्ससँग पराजित भएको सुदूरपश्चिमले कमब्याक गरेको छ । त्यस्तै पोखराले भने हारबाट प्रतियोगिताको शुरुवात गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima