Skip to content

सुदूरपश्चिमलाई पोखरा एभेन्जर्सले दियो १४६ रनको लक्ष्य

nabil
global ime

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण अन्तर्गतको खेलमा पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिंग गरेको पोखराले २० ओभरमा ७ विकेट गुमाउदै १४५ रन बनाएको छ ।

पोखराका लागि अर्जुन घर्तिले शानदार ब्याटिंग गर्दै २५ बलमा अविजित ४० रन बनाएका थिए भने महेदी हसनले ३२, कुशल भुर्तेलले २१, शकिब अल हसनले १४ रन बनाएका थिए ।

सुदूरपश्चिमका बलर अनिल खरेलले ३ विकेट लिए भने हेमन्त धामी, स्कट कुगलाइन र दिपेन्द्र सिंह ऐरीले एक एक विकेट लिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima