Skip to content

मिथिला लघुवित्तको लाभांश संशोधन

काठमाडौं । गत आर्थिक वर्षको मुनाफाबाट मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश संशोधन गरेको छ।

यसअघि १४.२८६ प्रतिशत बोनस सयर र ०.७१४ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको लघुवित्तले अब १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत .कर प्रयोजनार्थ) नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। लघुवित्तको पत्र पठाउँदा भुल भएको भन्दै लाभांश संशोधन गरेको हो।

मंसिर २५ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima