Skip to content

लाभांश सम्बन्धी निर्णय समयमा पेश नगरेकाले बोटलर्स नेपालको सेयर कारोबार रोक्का

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले बोटलर्स नेपाल लिमिटेडको सेयर कारोबार रोक्का गरेको छ । नेप्सेले कम्पनी सञ्चालक समितिको बैठकले गत मंसिर ५ गते गरेको लाभांश सम्बन्धी निर्णय समयमा पेश नगरेको भन्दै बोटलर्स नेपाललाई कारबाही गरेको हो ।

बोटलर्स नेपालले मंसिर ५ गते बैठक बसेर गरेको लाभांश वितरण नगर्ने सम्बन्धि निर्णय नेप्सेमा पुष २ गतेमात्र पेश थियो । कम्पनीले आफ्ना सीमित लगानीकर्ताहरुलाई मात्र थाहा हुनेगरी कारोबार गरेको भन्दै नेप्सेले कारबाही गरेको हो ।

नेप्सेले धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनिमय २२(१) मा भएको व्यवस्था बमोजिम धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय सिर्जना भएका सोही दिन वा भोलिपल्ट कारोबार खुल्नु अघि नेप्सेमा पेश गर्नुपर्ने व्यवस्था भएकाले सोही व्यवस्था अनुरुप नेप्सेले बोटलर्स नेपाललाई कारबाही गरेको छ ।

नेप्सेले कम्पनीलाई ३ कार्यदिन भित्र के कति कारणले उक्त निर्णय ढिला पेश गरेको स्पस्टीकरण बुझाउन निर्देशन दिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima