Skip to content

आयोगको अध्यक्ष सिफारिस गर्न समिति असफल

nabil bank

काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष तथा सदस्यको नियुक्तिका लागि गठित सिफारिस समिति पदाधिकारीहरू चयन गर्न असफल भएको छ ।
उक्त समितिले सोमबार एक विज्ञप्ति जारी गर्दै पदाधिकारीहरू नियुक्तिका लागि पुनः प्रक्रिया सुरु गर्न सरकारलाई आग्रह गरेको हो ।

सोमबार बसेको समितिको बैठकमा मत बाझिएको र समय सकिएपछि दुवै आयोगका अध्यक्ष र सदस्यको नाम सिफारिससम्बन्धी प्रक्रिया पुनः प्रारम्भ गर्न मन्त्रिपरिषद्लाई आग्रह गरिएको छ ।

सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा सर्च समिति गठन गरेको थियो । तर समितिले आफ्नो समयसम्म दुवै आयोगमा अध्यक्ष र सदस्य नियुक्ति गर्न नसकेको हो ।

विज्ञप्तिमा भनिएको छ,‘उल्लिखित सन्दर्भमा सिफारिस समितिबीच केही विषयमा मतैक्यता हुन नसकेकाले सिफारिस समितिबीच बहुमत र अल्पमतको निर्णय गर्दा यसबाट दूरगामी असर पर्न सक्ने, शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन आयोगमा नियुक्त हुने अध्यक्ष तथा सदस्य नियुक्तिको प्रक्रियालाई थप विश्वसनीय र स्वीकार्य बनाउनको लागि आयोगका अध्यक्ष तथा सदस्यका लागि उपयुक्त व्यक्तिहरूको खोजीलाई अझ व्यापक र प्रभावकारी बनाई नियुक्ति प्रक्रिया अघि बढाउन उपयुक्त देखिएको सन्दर्भमा मिति २०६१/०७/०२ मा गठित यस समितिको कार्यविधि मिति २०८१/०९/०१ मा समाप्त भएकोले दुवै आयोगका अध्यक्ष र सदस्यको नाम सिफारिस सम्बन्धी प्रक्रिया पुनः प्रारम्भ गर्न उपयुक्त हुने देखिएकोले तत्सम्बन्धी प्रक्रिया पुनः प्रारम्भ गर्न नेपाल सरकार, मन्त्रिपरिषद्लाई अनुरोध गरिएको छ।’

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime