Skip to content
Prabhu

एनसेलको खरिदबिक्रीमा सर्वोच्च अदालतको आदेश, के हुन्छ स्वामित्व ?

nabil

काठमाडौं । सर्वोच्च अदालतले एनसेलको स्वामित्व किनबेचको विषयमा परेको मुद्दामा निर्देशात्मक आदेश जारी गरेको छ ।

प्रतिनिधिसभाका सदस्य अमरेश सिंहले एनसेलको खरिदबिक्री पारदर्शी तरिकाले नभएको र कानुन परिपालना नभएको भन्दै रिट जारी गरेका थिए । सर्वोच्च अदालतका न्यायधीशद्धय सपनाप्रधान मल्ल र टेकप्रसाद ढुंगानाको सयुक्त इजलाशले रिट खारेज गरेर निर्देशनात्मक आदेश दिएको छ ।

मलेसियाको आजियटा कम्पनी एनसेलमा रहेको ८० प्रतिशत स्वामित्व सिंगापुर बस्ने नेपाली व्यवसायी शतिषलाल आचार्यको कम्पनीलाई बिक्री गरेर बाहिरिएको थियो ।

सर्वोच्च अदालतले एनसेलको सेयरखरिदबिक्रीमा नियामक निकाय दूरसञ्चार प्राधिकरणबाट पूर्व स्वीकृति लिनुपर्नेमा स्वीकृति नलिएको भन्दै इजलासले नेपालको मौजुदा कानुनको अक्षरसः परिपालना गर्न निर्देशनात्मक आदेश दिएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal