Skip to content

भृकुटीमण्डपमा एक दिने च्याउ मेला, च्याउका परिकार चाख्न पाइने

nabil bank

काठमाडौं । आज काठमाडौंको भृकुटीमण्डपमा च्याउ मेला आयोजना गरिएको छ । मेला बिहान १० बजेदेखि सुरु भएको हो । मेला बेलुकी ५ बजेसम्म हुने आयोजक च्याउ उत्पादक किसान संघले जनाएको छ ।

मेलामा च्याउका परिकारसँगै गोभ्रे, कन्ये, किङ वयस्टर र सिताके च्याउ उत्पादनको व्यावहारिक प्रयोगात्मक प्रदर्शनी पनि गरिनेछ । मेलामा प्रवेश निःशुल्क रहेको र च्याउका परिकार पनि निःशुल्क चाख्न पाइने आयोजकले जनाएको छ ।

नेपालमा अहिले करिब ३५ हजार किसान च्याउखेतीमा आबद्ध रहेका संघले जानकारी दिएको छ । संघका अनुसार ७० जिल्लामा च्याउखेती विस्तार भएको छ भने ४० जिल्लामा व्यावसायिक उत्पादन हुने गरेको छ । च्याउ उत्पादक किसान संघ नेपालले यसअघि २०७६ पुस ९ गतेदेखि पुस २० गतेसम्म मेची महाकाली ‘राष्ट्रिय च्याउ जागरण अभियान’सञ्चालन गरेको थियो ।

पुस महिना मौसमका हिसाबले सबै खालको च्याउ उत्पादन हुने हुँदा यसै महिनाको कुनै एक दिनलाई च्याउ दिवसका रूपमा घोषणा गराउन संघ र च्याउ उत्पादक किसानले दबाब दिँदै आएका छन् । वि.सं.२०७६ पुस १५ गते बाग्मती प्रदेशको राजधानी हेटौँडामा सञ्चालन भएको मेची महाकाली ‘राष्ट्रिय च्याउ जागरण अभियान’यसैका लागि भएको संघले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime