Skip to content

एनएलजी इन्स्योरेन्सको हकप्रद भर्ने आज अन्तिम दिन

nabil bank

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको हकप्रद सेयरमा आवेदन आज मंगलबार अन्तिम दिन रहेको छ।कम्पनीले गत मंसिर ११ गतेदेखि आफ्ना शेयरधनीहरुका लागि हकप्रद सेयर बिक्री खुला गरेको थियो। कम्पनीको शेयरधनीहरुले आज बैंकिङ समयसम्म आवेदन दिन सक्नेछन्।

कम्पनीले हाल कायम चुक्तापुँजीको ६२.५६ प्रतिशतले हुन आउने ९६ करोड ३१ लाख २२ हजार २२ रुपैयाँबराबरको हकप्रद सेयर बिक्री खुला गरेको छ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद शेयर जारी गरेको छ।

कम्पनीले हकप्रद शेयर निष्कासनका लागि कात्तिक २७ गते बुक क्लोज गरेको थियो । यसको अर्थ कात्तिक २६ गतेसम्म कायम सेयरधनीले कम्पनीको हकप्रद सेयर भर्न पाउनेछन्।

कम्पनीको हकप्रद शेयर बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल रहेको छ। शेयरधनीहरुले लक्ष्मी सनराइज क्यापिटलको कार्यालय र लक्ष्मी सनराइज बैंकका काठमाडौं उपत्यकाबाहिरका तोकिएका शाखा कार्यालयका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो शेयरबाट आवेदन दिन सक्नेछन्।

कम्पनीको हालको चुक्तापुँजी १ अर्ब ५३ करोड ९५ लाख ३५ हजार ९५८.९७ रुपैयाँ रहेको छ। हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी २ अर्ब ५० करोड २६ लाख ५७ हजार ९८०.९७ रुपैयाँ कायम हुनेछ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime