काठमाडौं । नेपाली बजारमा मंगलबार सुन प्रतितोला ४ सय रुपैयाँले घटेको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ३१ हजार २ सय रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३० हजार ५ सय ५० रुपैयाँ निर्धारण भएको छ । सोमबार छापावाल सुन तोलाको १ लाख ३१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३० हजार ९ सय ५० रुपैयाँ निर्धारण भएको थियो । आज चाँदीको भाउ भने प्रतितोला १० रुपैयाँले बढेर १ हजार ५ सय ४५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ प्रतितोला १ हजार ५ सय ३५ रुपैयाँ कायम रहेको थियो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार २५६ डलर र चाँदी प्रतिऔंस २५।३४ डलरमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्