Skip to content

‘डिएसपी हुँ’ भन्दै ठगी गर्ने एक जना पक्राउ

महेन्द्रनगर । नेपाल प्रहरीको ‘डिएसपी (प्रहरी नायब उपरीक्षक)हुँ’ भन्दै ठगी गर्ने एक जनालाई धनुषा प्रहरीले आज पक्राउ गरेको छ ।

सिरहाको लहान नगरपालिका–२ का २० वर्षीय धनिकलाल साहलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक जटाशङ्कर यादवले जानकारी दिए ।

उनका अनुसार जिल्लाको गणेशमान चारनाथ नगरपालिका–४ बस्ने रमेश श्रेष्ठसँग आफू नेपाल प्रहरीको डिएसपी हुँ भन्दै नगद ५० हजार रुपैयाँ ठगेको आरोपमा निजलाई पक्राउ गरिएको हो ।

प्रहरी निरीक्षक यादवले भने, ‘साहले आफू डिएसपी भएको भन्दै ५० हजार रुपैयाँ ठगी गरेकोबारे श्रेष्ठद्वारा प्रहरीमा दिएको जाहेरीका आधारमा निजलाई पक्राउ गरिएको हो ।’ पक्राउ परेका साहलाई जिल्ला अदालतमा ठगी कसुर मुद्दामा म्याद थप गराई थप अनुसन्धान थालिएको उनले जानकारी दिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi