इस्लामावाद । पाकिस्तानको तथ्यांक ब्यूरो (पीबीएस) को तथ्यांकअनुसार आर्थिक वर्ष सन् २०२४–२५ ९जुलाई २०२४ देखि जुन २०२५० को पहिलो छमाहीमा पाकिस्तानको खाद्यान्न निर्यात १३.८३ प्रतिशतले बढेको छ ।
सोमबार आफ्नो वेबसाइटमा प्रकाशित पीबीएस तथ्यांकले निर्यात बढेर ४३.९६ अर्ब अमेरिकी डलर पुगेको देखाएको छ ।
यस अवधिमा चामलको मूल्य वार्षिक रूपमा १४.५ प्रतिशतले बढेर एक अर्ब ८७ करोड डलर पुगेको र कुल निर्यात ३५ लाख टन पुगेको छ ।
पीबीएसले ईयु र बेलायतबाट निरन्तर मागले गर्दा उक्त वृद्धिमा महत्वपूर्ण योगदान पुगेको बताएको छ ।
प्रतिवेदनले चिनीको निर्यात अघिल्लो वर्षको सोही अवधिमा ३३ हजार १०१ टनबाट सन् २०२४ जुलाई–डिसेम्बरमा बढेर छ लाख ३२ हजार ८०४ टन पुगेको बताएको छ ।
यसैबीच, प्याजलगायत तरकारीको निर्यातमा १.७१ प्रतिशतले वृद्धि भएको छ भने माछाजन्य उत्पादनको निर्यातमा १.४७ प्रतिशतले सामान्य वृद्धि भएको पीबीएसले जनाएको छ ।






प्रतिक्रिया दिनुहोस्