काठमाडौं । हाथवे इन्भेष्टेमन्ट नेपाल लिमिटेडको नाफा धनात्मक बनेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा धनात्मक देखिएको हो ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ५ करोड ५८ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६६.५० प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो आम्दानी ३ करोड ३५ लाख रुपैयाँ थियो । आम्दानी बढेसँगै कम्पनीको नाफा पनि धनात्मक भएको छ । गत आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा ५९ लाख रुपैयाँ ऋणात्मक रहेको कम्पनीको खुद नाफा, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १ करोड ४९ लाख रुपैयाँ धनात्मक भएको छ ।
समीक्षा अवधिमा कम्पनीको कुल नाफा ६५.५४ प्रतिशत बढेको छ भने खुद खर्च ७.९३ प्रतिशत घटेको छ । नाफा धनात्मक भएसँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि धनात्मक भएको छ । पुस मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी १ रुपैयाँ ५ पैसा रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ७३ रुपैयाँ १५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १ हजार २७१.२२ गुणा रहेको छ ।






प्रतिक्रिया दिनुहोस्