काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्ममा अरुण काबेली पावर लिमिटेडको नाफा धनात्मक भएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवको सोही अवधिमा ऋणात्मक रहेको नाफा चालु आर्थिक वर्षको सोही अवधिमा धनात्मक भएको हो ।
गत आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्ममा ३१ करोड ५ लाख रुपयाँ ऋणात्मक रहेको कम्पनीको खुद नाफा, चालु आवको सोही अवधिसम्ममा ५ करोड ८९ लाख रुपैयाँ धनात्मक भएको छ । विवरण अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीको विद्युत बिक्री आम्दानी ३३ करोड ७७ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीले विद्युत बिक्रीमार्फत कुनै आम्दानी गरेको थिएन ।
नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि धनात्मक भएको छ । चालु आर्थिक वर्षको ६ महिनासम्ममा कम्पनीको प्रतिसेयर अम्दानी ३ रुपैयाँ ३ पैसा रहेको छ। पुसको अन्त्यसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ ९६ रुपैयाँ ९० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ७७.३४ गुणा रहेको छ । ३ अर्ब ८९ करोड ५९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोष भने १२ करोड ८ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।






प्रतिक्रिया दिनुहोस्