Skip to content

पिपुल्स पावर ५ करोड नोक्सानीमा, अन्य सूचक कस्ता ?

nabil bank

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अवधिमा पिपुल्स पावर लिमिटेड ५ करोड रुपैयाँले नोक्सानीमा रहेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार ५ करोड ६१ लाख रुपैयाँले नोक्सानीमा देखिएको हो ।

गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनी ७२ लाख ४१ हजार रुपैयाँले नोक्सानीमा रहेको थियो । विद्यतु बिक्रीबाट हुने आम्दानी १५ करोड ३७ लाखबाट बढेर ५३ करोड ३७ लाख रुपैयाँ पुगेको छ । त्यस्तै वित्तीय खर्च भने ३ करोड ११ लाखबाट बढेर ३० करोड ६० लाख पुगेको छ । उक्त आम्दानी बढ्दा कम्पनीको नोक्सानी पनि बढेको हो । यसको बिक्री लागत २२ करोड ३५ लाख रुपैयाँ छ ।

३ अर्ब २० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ १५ करोड ७४ लाख रुपैयाँले ऋणात्मक छ । इपीएस ३.५१ रुपैयाँ ऋणात्मक छ । प्रतिसेयर नेटवर्थ ९५.२५ रुपैयाँ छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime