Skip to content

मनकामना दर्शन गरी फर्केको माइक्रोबस दुर्घटना, १ जनाको मृत्यु

काठमाडौं । मनकामना दर्शन गरी फर्केको माइक्रोबस आँबुखैरेनीमा दुर्घटना भएको छ । गोरखाको सहिद लखन गाउँपालिका–३ मा माइक्रोबस दुर्घटनामा मृत्यु भएका व्यक्ति र घाइते सबैको सनाखत भएको छ ।

मनकामना मन्दिर दर्शनार्थी सवार ‘अनटेस्ट’ ईभी माइक्रोबस आज बिहान ११:२५ बजे आँबुखैरेनी–गोरखा सडकखण्डमा दुर्घटना भएको थियो ।

दुर्घटनामा चितवन खैरहनी गाउँपालिका–२ टाँडी पर्साका ३७ वर्षीय पदमबहादुर जर्जी रहेका जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । दुर्घटनामा अन्य १४ जना घाइते भएका छन् । उनीहरु सबै खैरहनी गाउँपालिका–२ कै रहेको प्रहरीले जनाएको छ ।

घाइते हुनेहरूमा प्रहरीका अनुसार ५० वर्षीया हरिकला परियार, २९ वर्षीया गीता परियार, २६ वर्षीय सुमित चौधरी, १० वर्षीय रितेश परियार, १३ वर्षीया सन्ध्या परियार, २५ वर्षीया रुपा परियार, २० वर्षीया सञ्चिता आले, ३५ वर्षीया प्रमिला राना, ४३ वर्षीय विमला परियार, ३१ वर्षीय राजु परियार, १८ वर्षीया सुवना परियार, २१ वर्षीय अभिषेक परियार, २६ वर्षीय अनिसा परियार र ३६ वर्षीय अर्जुन परियार छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T