Skip to content

आइतबार सुनको मूल्य स्थिर, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको भाउ स्थिर रहेको छ।  बिहीबार र शुक्रबार सुनको मूल्यले नयाँ ऐतिहासिक रेकर्ड राख्न सफल भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३० हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। 

त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि स्थिर रहेको छ।  शुक्रबार प्रतितोला १ हजार ५ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २२ सय ३३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T