काठमाडौं । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक डा. प्रकाश कुमार श्रेष्ठले राजीनामा दिएका छन् । हाल काजमा राष्ट्रिय योजना आयोगको सदस्य रहेका श्रेष्ठले गत १८ फागुनमा राजीनामा दिएका हुन् ।
श्रेष्ठको राजीनामा गभर्नर महाप्रसाद अधिकारीले तोक लगाइसकेको स्रोतले पुष्टि गरेको छ । सरकारले गभर्नर नियुक्त गर्ने प्रक्रिया अगाडि बढाउनुपूर्व नै श्रेष्ठले राजीनामा दिएका हुन् ।
श्रेष्ठ गभर्नरका आकांक्षीमध्येका एक हुन् । एमाले महासचिव शंकर पोखरेल लुम्बिनी प्रदेशको मुख्यमन्त्री हुँदा प्रदेश योजना आयोगको उपाध्यक्ष भएका श्रेष्ठ अहिलेको अर्थमन्त्री विष्णु पौडेल पहिले अर्थमन्त्री हुँदा अर्थमन्त्रीको आर्थिक सल्लाहकार भएर पनि काम गरेका थिए । गभर्नरको दावेदार रहेका श्रेष्ठले गभर्नर नियुक्ती प्रक्रिया सुरु हुनभन्दा अघि नै राजीनामा दिनुलाई अर्थपुर्ण रुपमा हेरीएको छ ।
प्रतिक्रिया दिनुहोस्