Skip to content

कुलमान घिसिङको रिट सर्वोच्च अदालतमा दर्ता, भोलि पेसी

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ।

घिसिङले आफूलाई सरकारले गैरकानुनी रूपमा हटाएको भन्दै रिट लिएर बुधबार अपराह्न सर्वोच्च पुगेका थिए। उक्त रिट बिहीबारमात्रै दर्ता भएको हो।

यसको पेसी शुक्रबारका लागि तोकिएको छ। घिसिङले प्रधानमन्‍त्री तथा मन्त्रिपरिषदको कार्यालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, मन्त्री दीपक खड्का, सञ्चालक समिति नेपाल विद्युत प्राधिकरण दरबारमार्ग, हितेन्द्रदेव शाक्यविरूद्ध रिट दायर भएको हो।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले घिसिङलाई बर्खास्त गर्ने निर्णय गरेको थियो। सरकारले हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T