Skip to content
Prabhu

देश विकासका लागि सिङ्गै समाज अगाडि बढाउन राज्यले प्रयास गरिरहेको छः प्रधानमन्त्री ओली

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकासका लागि सिङ्गै समाज अगाडि बढाउन राज्यले प्रयास गरिरहेको बताएका छन् ।

महिला उद्यमी महासङ्घ नेपालको आयोजनामा आजबाट ललितपुरमा सुरु भएको आठौँ अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अनावश्यक कुरामा नअल्झिएर देश विकासमा लागिरहने प्रतिबद्धता व्यक्त गरे ।

अर्घाखाँची सिमेन्ट
Hyundai

‘देशलाई पछि फर्काउन एउटा पक्ष लागिरहेको छ । दशपन्ध्र हजारको जुलुस निस्कँदैमा उत्पात केही हुँदैन, अहिले ९७ प्रतिशत जनताको घरमा विद्युत् पुगेको छ, विद्युत् उत्पादन बढाउने काममा अघि बढेका छौँ,’ उनले भने ।

युवा पुस्ताले सूचना प्रविधिको क्षेत्रमा राम्रो काम गरिरहेका भनी खुशी व्यक्त गर्दै प्रधानमन्त्री ओलीले भने ,‘आजको समय कम्प्युटरको समय हो, एआई प्रविधिको समय हो, महिलाहरुले पनि धेरै काम गरेको छ, आजको मेला महिलामा पनि आमाहरुको मेला हो, अब छोरी पुस्ताले पनि उद्यमशीलतामा ध्यान दिनुपर्छ, दिदीबहिनीका प्रयासलाई म धन्यवाद भन्न चाहान्छु ।’

जकडिएर रहेका केही सामन्ती सोच र व्यवहारका कारण देश अगाडि बढ्न नसकेको चर्चा गर्दै उनले भने, ‘बाह्य रुपमा कायम रहेको उपनिवेश, देशभित्रै रहेको सामन्ती प्रथा, वर्णाश्रम व्यवस्थाले दबाइएको परिस्थितिका कारण हाम्रो समाज अगाडि बढ्न सकेन, महिलालाई शिक्षादीक्षा दिँदैन भन्ने सामन्ती सोच थियोे, खुसी हुन पनि नपाइने समाज थियो, महिलालाई पछाडि पारेपछि देशको विकास नहुने नै भयो ।’

प्रधानमन्त्री ओलीले सो अवसरमा मानव ओसारपसार तथा बेचबिखनविरुद्ध अविच्छिन्न रुपमा काम गर्दै आएको संस्था माइती नेपालका अध्यक्ष अनुराधा कोइराला र उद्यमशीलता क्षेत्रमा योगदान गरेकी दाङ घोराहीका प्रेम कुमारी पुनलाई सम्मान गरे ।

महिला उद्यमी महासङ्घ नेपालको अध्यक्ष शोभा ज्ञवालीले देशका ७७ जिल्लामध्ये ७२ जिल्लामा महासङ्घ मातहातको जिल्ला सङ्घ गठन भइसकेको जानकारी गराए । उनले महासङ्घले महिला उद्यमीहरुको सवाल र सरोकार सुनिश्चितताका पक्षमा वकालत गर्दै आएको बताए।

ललितपुरको हेरिटेज गार्डेनमा आजबाट सुरु भएको व्यापार मेला यही चैत १८ गतेसम्म सञ्चालन हुने जानकारी गराउँदै अध्यक्ष ज्ञवालीले यस अवधिमा २ करोड २५ लाख रुपैयाँभन्दा बढीको कारोबार हुने अपेक्षा गरेको बताए ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्