Skip to content

क्यानले बन्द प्रशिक्षणमा बेलायो २० खेलाडी

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले हङकङमा हुने चार देशीय टी–२०आई सिरिजका लागि २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । रोहित पौडेलको कप्तानीमा २० सदस्यीय टोलीलाई क्यानले बन्द प्रशिक्षणमा बोलाएको हो ।

प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट सकिएसँगै क्यानले खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । टोलीमा पूर्वकप्तान सन्दीप लामिछाने र अनिलकुमार साहले भने स्थान बनाउन सकेनन् । दुवै इन्जुरीबाट रिकभर हुने क्रममा रहेकाले टोली बाहिर राखिएको बताइएको छ । नेपालले चैत २७ गतेदेखि हङकङमा चार देशीय सिरिज खेल्दैछ । सिरिजमा आयोजक हङकङसहित नेपाल, कतार र कुवेत रहनेछन् ।

बन्द प्रशिक्षणमा बोलाइएका खेलाडी :  रोहित पौडेल (कप्तान), आसिफ शेख, किरण ठगुन्ना, लोकेश बम, वसिर अहमद, दीपेन्द्रसिंह ऐरी, रुपेश सिंह, ललितनारायण राजवंशी, सोमपाल कामी, करण केसी, सन्दीप जोरा, नन्दन यादव, रिजन ढकाल, गुल्शन झा, अर्जुन घर्ती, कुशल मल्ल, दीपेन्द्र रावत, कुशल भुर्तेल, शहाब आलम र विवेक यादव ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi