Skip to content
Prabhu

नगरप्रहरीको घेरा तोडेर महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत गुरागाईं कार्यालयमा

काठमाडौं । काठमाडौं महानगरपालिकाबाट निलम्बनमा परेका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं महानगर पुगेका छन् । बिहीबार मध्याह्न महानगर पुगेका उनलाई कर्मचारीहरूले स्वागत गरेका थिए ।

उनलाई कार्यालय प्रवेशमा नगरप्रहरीले रोक लगाएको थियो । तर, गुरागाईं
नगरप्रहरीको घेरा तोडेर कार्यालय प्रवेश गरेका छन् । उनलाई कर्मचारीहरूले सहयोग गरेका थिए ।

global
अर्घाखाँची सिमेन्ट

०८१ पुस १४ गते निलम्बनमा परेका गुरागाईं आज (चैत २१) कार्यालय आएका हुन्। काठमाडौं टावर १२ तलाको बनाउने भनिएको थियो । तर, त्यसलाई १९ तलाको बनाउन स्वीकृति दिएको आरोपमा गुरागाईंलाई कार्यालयमा उपस्थित हुन रोक लगाइएको छ ।

महानगरले गुरागाईंमाथि छानबिन गर्न तीन समिति बनाएको थियो । तर, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुरागाईंलाई नै काम गर्ने वातावरण मिलाउन भनेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal