Skip to content

होटल र टुरिजम क्षेत्रका ७ कम्पनीको ३ अर्ब बढीको आईपीओ पाइपलाइनमा

काठमाडौं । पछिल्लो सयम नेपाल धितोपत्र बोर्डले आईपीओका लागि स्वीकृति दिने कामलाई निरन्तर्ता दिइरहेको छ । केही दिनअघि मात्रै बोर्डले ट्रेडटावलाई आईपीओ जारीका लागि स्वीकृत दिएको थियो ।

बोर्डले आईपीओका लागि स्वीकृति दिइरहेको भए पनि अहिले होटल र टुरिजम क्षेत्रका ७ कम्पनीको आईपीओले भने स्वीकृति पाउन सकेका छैनन् । ७ वटा होटल तथा टुरिजम क्षेत्रका कम्पनीहरुको ३ करोड ५३ लाख ६० हजार कित्ता स्वीकृतिको प्रतिक्षामा छन् । होटल र टुरिजम क्षेत्रका कम्पनीले कूल ३ अर्ब ३१ करोड १० लाख रुपैयाँको आईपीओ पाइपलाइमा रहेको छ ।

आईपीओ जारी गर्नका लागि स्वीकृतिको प्रतिक्षामा रहेका कम्पनीहरुमा एपेक्स हस्पिटालिटी, होटल फरेष्ट इन, अर्किड होल्डिंग्स, अन्नपूर्ण केवलकार एण्ड टुरिजम लिमिटेड, बन्दीपुर केबलकार, अकामा होटल र ठमेल प्लाजा होटल एण्ड सुइट्स कम्पनी छन् । आईपीओ जारीको स्वीकृतिको प्रतिक्षामा रहेको एपेक्स हस्पिटालिटीले २४ करोड रुपैयाँको २४ लाख कित्ता सेयरका लागि बोर्डमा आवेदन दिएको छ ।

त्यस्तै होटलल फरेष्ट इनले पनि ९८ करोड रुपैयाँ बराबरको ९८ लाख कित्ता, अर्किट होल्डिंग्सको १ करोड १५ लाख कित्ता सेयर जारी गर्नका लागि अनुमति मागेको छ । यो कम्पनीले १ अर्ब १५ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्नका लागि अनुमति माग्दै आवेदन दिएको छ । त्यस्तै अन्नपूर्ण केबलकारले ३१ करोड बराबरको ३१ लाख कित्ता, बन्दीपुर केबलकारको ३० करोड ६० लाख रुपैयाँ बराबका ३० लाख ६० हजार कित्ता, अकामा होटलको २२ करोड ५० लाख रुपैयाँ बराबरको ४५ लाख कित्ता र ठमेल प्लाजा होटलको १० करोड बराबरको १० लाख कित्ता सेयर जारी गर्नका लागि बोर्डमा आवेदन दिएको छ ।

आईपीओ जारी गर्नका लागि बोर्डले अहिले नियमीति रूपमा स्वीकृति दिने काम गरिरहेको प्रवक्ता निरन्जय घिमिरेले जानकारी दिए । लामो सयम आईपीओको स्वीकृति दिने काम रोकिएकाले केही समय लागेको र अझै पनि पाइलाइमा धेरै देखिएको भए पनि क्रमशः स्वीकृति दिने काम भइरहेको उनको भनाइ छ । उनले प्रिमियम मूल्यको आईपीओ बाहेकका आईपीओ जारीका लागि स्वीकृति दिने काम भइरहेको छ ।

अहिले कुल ५० अर्ब ६७ करोड २९ लाख ८ हजार २८९ रुपैयाँ बराबरको ३८ करोड ३४ लाख १३ हजार १८९ कित्ता सेयर पाइपलाइमा छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima