Skip to content

सेयर बजार सामान्य बढेको दिन ३ कम्पनीमा सकारात्मक सर्किट

nabil bank

काठमाडौं । मंगलबार सेयर बजार परिसूचक सामान्य अंकले बढेर कारोबार बन्द भएको छ । १२० कम्पनीको सेयर मूल्य बढेको दिन ३ कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको हो ।

आज नेपाल माइक्रो इन्स्योरेन्स, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स र ओम मेगाश्री फर्मास्यूटिकल्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । आज नेपाल माइक्रो इन्स्योरेन्सको सेयर मुल्य १६७ रुपैयाँ ८० पैसाले बढेर १ हजार ८४६ रुपैयाँ ५० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले बढी हो ।

आज क्रेस्ट माइक्रो लाइफको सेयर मूल्यमा ९.९९ प्रतिशत अर्थात् १३८ रुपैयाँ ७० पैसाले बढेर १ हजार ५२६ रुपैयाँ ५० पैसा पुगेको छ । आज ओम मेगाश्री फर्मास्यूटिकल्सको सेयर मूल्य ३२ रुपैयाँ ६० पैसाले बढेर ३५९ रुपैयाँ ३० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.९८ प्रतिशतले बढी हो ।

आज धेरै मूल्य बढ्ने शीर्ष पाँच कम्पनीमा रीडी पावर कम्पनी र बुटवल पावर कम्पनी रहेका छन् । आज रीडी पावरको सेयर मूल्य २४ रुपैयाँ ७६ पैसाले बढेर २८२ रुपैयाँ ७० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.६० प्रतिशतले धेरै हो । त्यस्तै आज बुटवल पारको सेयर मूल्य ७.१९ प्रतिशत अर्थात् ३२ रुपैयाँ ५६ पैसाले बढेर ४८५ रुपैयाँ ५७ पैसा पुगेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime