Skip to content

हिमालयन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

इन्स्योरेन्सले हाल कायम चुक्ता पुँजीको ८ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। इन्स्योरेन्स्ले ७३ करोड १४ लाख ५८ हजार ९८४ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने भएको हो । जेठ १४ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात् सो दरमा लाभांश वितरण गरिनेछ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T