काठमाडौं । मकरी गाड हाइड्रोपावरले साधारण सेयर सर्वसाधारणमा जारी गर्नका लागि सानिमा क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको हो ।
मकरी गाड हामइड्रोपावरले प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँका दरले ५९ लाख ४० हजार कित्ताले हुन आउने ५९ करोड ४० लाख रुपैयाँ बराबरको आईपिओ जारी गर्दैछ ।
उक्त क्रममा मकरी गाड हाइड्रोपावर लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत करन चन्द र सानिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसेले सम्झौता पत्रमा हस्ताक्षर गरे ।






प्रतिक्रिया दिनुहोस्