Skip to content

शिव श्री हाइड्रोपावरले बोलायो असार ८ गते साधारणसभा

काठमाडौं । शिव श्री हाइड्रोपवार लिमिटेडले असार ८ गते बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा वार्षिक साधारणसभा बोलाएको छ।

उक्त कम्पनीले सभामा सेयरधनीका लागि लाभांश वितरणसम्बन्धी कुनै प्रस्ताव समावेश गरेको छैन। सभाले कम्पनीको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गर्नेछ।

यसका साथै चालू आवका लागि लेखापरीक्षकको नियुक्ति गरेर निजको पारिश्रमिक निर्धारण गर्ने र सञ्चालकहरूको नियुक्तिसम्बन्धी प्रस्ताव पनि सभाका लागि निर्धारण गरिएको छ।

सभा प्रयोजनार्थ जेठ ३० गते बुक क्लोज गर्ने भएकाले जेठ २९ गतेसम्म नेप्सेमा यस कम्पनीको सेयर खरिद गरेका सेयरधनी मात्रै उक्त सभामा भाग लिन सक्नेछन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima