काठमाडौं । पतन्जली जग्गाको भ्रष्टाचारमा गरेको अभियोगमा नेकपा एसका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित उनको भान्जा मनोज न्यौपानेविरुद्ध मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मामा नेपाल र भान्जा न्यौपानेसहितलाई १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो जरिवाना र सजाय माग गर्दै भ्रष्टाचार मुद्दा दायर भएको छ ।
मनोज न्यौपाने तत्कालीन सनराइज बैंकमा उपप्रबन्धक थिए । आयोगले न्यौपानेका साथै जुनियर म्यानेजमेन्ट ट्रेनी एशु मैनाली, वरिष्ठ सहायक विक्रान्त कोईराला, प्रमुख व्यवस्थापक रविन कुमार नेपाल, सहायक महाप्रबन्धक आशा राणा अधिकारी, जोखिम व्यवस्थापन विभागका प्रमुख संजयकुमार सिद्धी, अनुपालन विभागमा कार्यरत सुनिल रत्न स्थापित र नायब महाप्रबन्धक बलराम विष्टलाई मुद्दा दायर गरेको छ ।
https://laganinews.com/2025/06/05/67897/
आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ दफा १७ को मतियार भई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ बमोजिमको कसूर दायर गरेको छ । भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १७ ले निर्देश गरे बमोजिम विगो १८ करोड ५८ लाख ५० हजार कायम गरिएको छ ।
सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (झ) तथा भ्रष्टाचार निवारण ऐन, २०५९ (पहिलो संशोधन सहित) को दफा ३ को उपदफा (१) को (ज) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिमको विगो बमोजिम जरिवाना र सोही ऐनको दफा १७ बमोजिम विगो असुल हुने सजायलाई आधारमानी सोही ऐनको दफा २२ को प्रतिवन्धात्मक वाक्यांश बमोजिम मूख्य कसूरदारलाई हुने सजाय सरह सजाय हुन मागदावी लिईएको आयोगले जनाएको छ ।






प्रतिक्रिया दिनुहोस्