Skip to content

शिवाकोटीको रिपोर्ट सार्वजनिक गर्ने धितोपत्र बोर्डको निर्णय, नयाँ स्टकको लाइसेन्स प्रक्रियाअनुसार अगाडि बढ्ने

काठमाडौं। नेपाल धितोपत्र बोर्डले राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको संयोजकत्वमा बनेको समितिको रिपोर्ट सार्वजनिक गर्ने भएको छ ।

नयाँ स्टक एक्सचेन्जको लाइसेन्सको विषयमा विवाद भएको बेला तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले राष्ट्र बैंकका सञ्चालकसमेत रहेका शिवाकोटीको नेतृत्वमा समिति गठन गरेका थिए ।

शिवाकोटीको समितिले नयाँ लाइसेन्ससहित अहिले सञ्चालनमा रहेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)को पुनर्संरचना गर्नुपर्ने प्रतिवेदन दिएको थियो । प्रतिवेदन सरकार परिवर्तन भएसँगै त्यसलाई स्विकार गर्ने कार्यान्वयनको लागि धितोपत्र बोर्डमा पठाउने निर्णय भएको थियो ।

सोअनुसार धितोपत्र बोर्डले शिवोकोटीले समितिले बुझाएको प्रतिवेदन बोर्डले सार्वजनिक गर्ने निर्णय गरेको हो । आगामी साता बोर्डले शिवाकोटीको समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्ने छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T