Skip to content

धितोपत्र बोर्डको नियामकीय क्षमता विस्तार भएको छैन: अध्यक्ष श्रेष्ठ

काठमाडौं । धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले बजार विकास अनुसार सेवाको नियामक क्षमता विस्तार हुन नसकेको स्वीकारेका छन्।

बोर्डको ३३औं वार्षिकोत्सव कार्यक्रममा उनले सुपरिवेक्षण क्षमतामा चुनौती रहेको बताए।

आगामी आर्थिक वर्षको बजेटमा सेवानको क्षमता बढाउने, एनआरएनएलाई बजारमा प्रवेश गराउने लगायतका योजना रहेको भन्दै यसले बजार विकासमा सहायता पुग्ने बताए। यसले एसएमईहरूलाई धितोपत्र बजारमा सहज प्रवेश दिलाउन मद्दत गर्ने उल्लेख गरे।

बजारमा अन्तिम समयमा हुने चलखेल रोक्नका लागि काम भइरहेको उनले बताए।

उनले बोर्डको लागि जग्गा खरिदको काम अन्तिम चरणमा पुगेको जानकारी गराए।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T