काठमाडौं । हकप्रद सेयर निष्कासन गर्न लागेको पिपुल्स पावर कम्पनीले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।
कम्पनीले १ः०.५ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।
प्रतिकित्ता सय रुपैयाँका दरले ३१ लाख ६३ हजार कित्ता सेयर निष्कासन गर्न लागेको कम्पनीले असार २ गते बुक क्लोज गर्ने भएको छ ।
असार १ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले निष्कासन गर्न लागेको हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् ।






प्रतिक्रिया दिनुहोस्