Skip to content

प्रिओपन सेसनमा नेप्से करिब १ अंकले बढ्यो

nabil bank

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार प्रिओपन सेसनमा नेप्से परिसूचक करिब १ अंकले बढेको छ।

बुधबार १३.६९ अंक घटेर २६६४.४७ विन्दुमा बन्द भएको नेप्से, आज उक्त सेसनमा ०.७५ अंक बढेर २६६५.२२ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.१५ अंक बढेको छ।

आज प्रिओपन सेसनमा ४२ स्टकको ७८ पटकको कारोबारमा २ करोड ५६ लाख ६७ हजार ४१ रुपैयाँबराबरको ४८ हजार ४४२ कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये २८ स्टकको मूल्य बढेको छ भने १३ स्टकको मूल्य घटेको छ। बाँकी १ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

 

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime