Skip to content

नेपाल इन्स्योरेन्सको सेयरमूल्य समायोजन

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर मूल्य नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा समायोजन भएको छ। हकप्रद सेयर निष्कासन प्रयोजनार्थ इन्स्योरेन्सले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले यस दिन इन्स्योरेन्सको ३४.७८२६०८७ प्रतिशत हकप्रद सेयर समायोजन गरेको हो। समायोजनपश्चात इन्स्योरेन्सको सेयरमूल्य ६०६ रुपैयाँ ६५ पैसा कायम भएको छ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा इन्स्योरेन्सको मूल्य समायोजन गरेको हो। अघिल्लो कारोबारको अन्तिम कम्पनीको अन्तिम मूल्य ७८२ रुपैयाँ ८७ पैसा कायम भएको थियो।

यही समायोजित मूल्यलाई आधार मानेर आगामी आइतबार दोस्रो बजारमा इन्स्योरेन्सको शेयर कारोबार खुल्नेछ।

इन्स्योरेन्सले हाल कायम १० कित्ता बराबर नयाँ ३.४७८३ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने छ। यसअनुसार इन्स्योरेन्सले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ६५ लाख ७६ हजार ९६७.७६ कित्ता हकप्रद सेयर निष्कासन गर्ने छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima