Skip to content

राप्ती हाइड्रोको शतप्रतिशत हकप्रद सेयर निष्कासन

nabil bank

काठमाडौं । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनले आजदेखि शतप्रतिशत हकप्रद सेयर निष्कासन गरेको छ ।

प्रतिकित्ता १०० रुपैयाँ दरले १ः१ अनुपातमा १ करोड २७ लाख ९३ हजार ८ सय रुपैयाँको ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो ।

कम्पनीले जेठ ६ गते बुक क्लोज गरेको छ । जेठ ५ गतेसम्म कायम रहेका सेयरधनीले हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । राप्ती हाइड्रोको हकप्रद सेयरमा असार २२ गतेसम्म आवेदन दिन सक्नेछन् । यसको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

हकप्रदमा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल, राप्ती हाइड्रोको कर्यालय त्रिपुरेश्वर, मुक्तिनाथ विकास बैंकका शाखाहरु विर्तामोड झापा, विराटनगर मोरङ, बुटवल रुपन्देही, धनगढी कैलाली, नेपालगञ्ज बाँके, विरगंज–पर्सा, जनकपुर–धनुषा, नारायणगड– चितवन, पोखरा कास्की चिप्लेढुङ्गा, वीरेन्द्रनगर सुर्खेत, र महेन्द्रनगर कञ्चनपुरबाट आवेदन दिन सकिनेछ ।

साथै धितोपत्र बोर्डबाट सी–आस्वा सदस्य लिएका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime