Skip to content

कृषि प्रधान देशः ११ महिनामा ३९ अर्बको धान-चामल आयात, अहिलेसम्म १७ प्रतिशतमात्रै रोपाइँ

nabil bank

काठमाडौं । कृषि प्रधान देश नेपालमा आन्तरिक उत्पादन बढ्नभन्दा पनि आयात हुने क्रम धेरै नै बढेको छ । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म नेपालमा करिब ३९ अर्ब रुपैयाँ बराबरको धान आयात भएको छ ।

असार १४ गतेसम्म देशभरि १७.२ प्रतिशत जमिनमा मात्रै धान रोपाइँ सम्पन्न भएको छ । नेपालमा १३ लाख ९१ हजार ३२१ हेक्टर धान खेतीयोग्य जमिन रहेको छ । यसमध्ये, २ लाख १७ हजार २८९ हेक्टर जमिनमा धान रोपिसकेको छ । नेपालमा कुल श्रमको ६५ प्रतिशत श्रम कृषि क्षेत्रमा प्रयोग भएको छ ।

हरेक वर्ष असार १५ गते मुलुकमा धान दिवस मनाउने गरिन्छ । तर, यसरी धान खेती गरिने बालीले नेपालको माग धान्दैन । जसको कारण नेपालले चालु आर्थिक वर्षको ११ महिनामा ३८ अर्ब ९४ करोड २८ लाख ६७ हजार रुपैयाँ बराबरको धान–चामल आयात गरेको भएको हो ।

भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको जेठमसान्तसम्म धान, चामल र कनिका गरेर ७ लाख ५३ हजार ३०५ मेट्रिक टन आयात भएको छ । चालु आर्थिक वर्षको ११ महिनामा २५ लाख ७० हजार ६८४ केजि बराबरको धानको बिउ आयात भएको छ । यसका लागि १ अर्ब १६ करोड ६२ लाख ३५ हजार रुपैयाँ पैसा बाहिरिएको छ ।

धानको बिउ आयात गरेर सरकारले १ करोड १८ लाख १८ हजार रुपैयाँ राजस्व पाएको छ । ११ महिनामा भारतबाट १ अर्ब ४ करोड ४८ हजार ५९ रुपैयाँ बराबरको २३ लाख ४ हजार ४८४ किलो धानको बिउ आयात भएको छ । यसैगरी, चीनबाट १२ करोड १३ लाख ७६ हजार रुपैयाँ बराबरको २ लाख ६६ हजार २०० किलो धानको बिउ आयात भएको छ ।

चालु आवको ११ महिनामा अन्य धान ५२ करोड १२ लाख ६९ हजार १६७ किलो भित्रिएको छ । यसमा १९ अर्ब ९९ करोड ९ लाख २१ हजार रुपैयाँ पैसा बाहिरिएको छ । यस अवधिमा मुलुकमा २८ करोड ५ लाख ८८ हजार रुपैयाँ बराबरको ६८ लाख २ हजार ५०६ केजि कनिका आयात भएको छ । कनिका किनेर सरकारले ३ करोड २२ लाख ७१ हजार रुपैयाँ राजस्व कमाएको छ ।

चालु आवको ११ महिनामा ७ लाख ३६ हजार रुपैयाँ बराबरको ४ हजार ३३० केजी ब्राउन राइस आयात भएको छ । यस अवधिमा ६ करोड ६३ लाख ९७ हजार ५५० केजि बास्मती चामल आयात भएको छ ।

यसका लागि ७ अर्ब २६ करोड ८४ लाख ७० हजार रुपैयाँ पैसा बाहिरिएको छ । यसैगरी, यसअवधिमा सामान्य चामल १० अर्ब २३ करोड ५९ लाख १६ हजार रुपैयाँ बराबरको बासमती चामल आयात भएको छ । यस अवधिमा १५ करोड ६२ लाख ६१ हजार २०० सय किलो सामान्य खालको चामल आयात भएको हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime