काठमाडौं । पूर्वमन्त्री मोहन बहादुर बस्नेतलाई २५ लाख धरौटीमा छाड्न विशेष अदालतले आदेश दिएको छ । आज थुनछेक बहसपछि अदालतले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो ।
बस्नेत सञ्चार तथा सूचना प्रविधि मन्त्री हुँदा टेरामक्स प्रविधि खरिद गर्ने निर्णय भएको थियो । त्यो बेला भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि बस्नेत सांसद पदबाट निलम्बन भएका छन् ।
टेरामक्स प्रविधि खरिद भ्रष्टाचार मुद्दामा बयान दिन आइतबार अदालत पुगेका थिए । विशेष अदालतका न्यायाधीश तेजनारायण सिंह राई, विदुर कोइराला, रामबहादुर थापाको इजलासमा बयान तथा थुनछेक बहस भएको थियो ।






प्रतिक्रिया दिनुहोस्