Skip to content

तिलाहारमा बेठीका साथ रोपाइँ

nabil bank
DCIM100MEDIADJI_0998.JPG
भोजपुर ।  तिलाहारमा बेठी लगाएर रोपाइँ गरिएको छ । पञ्चैबाजा बजाएर भोज खुवाई पौवादुङमा– १ श्यामशीलाका धनबहादुर पाण्डले १९ हल गोरुसहित १८० जना खेतालाले रोपाइँ गरेका हुन् ।
गाउँघरका सबै भेला भएर पञ्चैबाजा बजाएर ६५ रोपनीमा रोपाइँ गरिएको हो । परम्परा लोप हुन नदिन बेठी गरिएको किसान पाण्डेले बताए । उत्सवका साथ रोपाइँ गरिएको जानकारी दिँदै उनले परम्पराको संरक्षणका लागि साबिक तीनवटा वडाका स्थानीय भेला भएर रोपाइँ गरिएको बताए ।
बेठीलाई जमिनको विवाहका रूपमा लिइने स्थानीय इन्द्रबहादुर पाण्डेले बताए । पञ्चैबाजासहित असारे भाकामा गरिएको रोपाइँमा खेतालाबाहेक ज्येष्ठ नागरिक पनि सहभागी भएका थिए।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime