Skip to content

तुलसीपुरका भमके र बौलाह खोलामा २ पक्की पुल निर्माण

nabil bank

दाङ । तुलसीपुर उपमहानगरपालिका–१ भएर बग्ने भमके खोला र शान्तिनगर गाउँपालिका–३ को बौलाह खोलामा ४ करोड २५ लाख २७ हजार रुपैयाँको लागतमा दुईवटा पुल निर्माण भएका छन् ।

शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतका अनुसार निर्माण कम्पनीले स्थानीय सरकारलाई हस्तान्तरण गरेसँगै दुवै पुल सञ्चालनमा आएका छन् ।

शान्तिनगर गाउँपालिका–३ बाट बग्ने पातेटाकुरा खोलामा निर्माणाधीन पुलको काम यथाशीघ्र पूरा गर्न निर्माण कम्पनीलाई अनुरोध गर्दै पालिकाले निरन्तर अनुगमन गरिरहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime